No ads found for this position

नवलपरासीमा निषेधाज्ञा हट्यो, सार्वजनिक यातायात भने नचल्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १५ गते १९:१४
No ads found for this position
नवलपरासीमा निषेधाज्ञा हट्यो, सार्वजनिक यातायात भने नचल्ने
No ads found for this position

हरि शर्मा/परासी : जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले साउन ३१ देखि जारी गरेको निषेधाज्ञा हटाएको छ । तर केही क्रियाकलापमा भने बन्देज लगाएको छ । स्थानीय तहका प्रमुखहरुसँग सोमबार गरिएको भर्चुअल बैठकको रायअनुसार जिल्लाको अवस्थालाई केही खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।

 

जिल्लाको अवस्थालाई खुकुलो बनाइए पनि सार्वजनिक यातायात, शैक्षिक संस्था भेला, गोष्ठी सेमिनारलगायत सर्वसाधारणको भीडभाड हुने स्थानलाई निषेध गरिएको छ । निजी सवारी साधन अत्यावश्यक कामबाहेक चल्न पाउने छैनन् । यो निषेध भदौ १६ देखि २० गतेसम्म लागू हुने छ ।

जनसम्पर्क बढी हुने सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थाहरुले न्यूनतम जनशक्ति परिचालन गरी अत्यावश्यक काम गर्न पाउने छन् । सर्वसाधारणको भीड हुने नापी, मालपोत कार्यालयको काम भने तत्काल सुरु नहुने प्रमुख जिल्ला अधिकारी पाठकले जानकारी दिए ।

जिल्लाका होटल तथा अन्य पसल,व्यवसाय सञ्चालनका लागि भने सम्बन्धित पालिकाहरुको निर्णयअनुसार हुनेछ । यसैबीच जिल्लाको अवस्थालाई सामान्य बनाइए पनि सुनवल नगरपालिका क्षेत्रका कुनै पनि पसल व्यवसाय नखुल्ने नगर प्रमुख भीम बहादुर थापाले जानकारी दिए । अन्य पालिकाहरुले भने बैठक बसेर निर्णय गर्ने जनाएका छन् ।

प्रकाशित : २०७७ भदौ १५ गते १९:१४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI