देवचुलीका ८ जना सहित नवलपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १६ गते ९:२८
देवचुलीका ८ जना सहित नवलपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि

कावासोती । नवलपुरमा थप १० कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा देवचुली १ का ५३ बर्षिय पुरुष र २४ वर्षीय महिला, देवचुली १३ दलदलेका १४ वर्षीय बालिका,२९ वर्षीय पुरुष र ५० वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ भने देवचुली १६ का ५५ र २७ वर्षीय महिला सहित ६ वर्षीय बालिकामा पनि संक्रमण पुष्टि भएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिए ।

यसै गरि जिल्लाकै विनयी त्रिवेणि गाउँपालिका वडा नं  १ कि ११ वर्षीय बालिका र वडा नं २ का २६ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको विनयी त्रिवेणि गाउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

योसँगै नवलपुरमा संक्रमितको संख्या ४ सय ७७ पुगेको छ भने  नवलपुरमा सक्रिय संक्रमितको संख्या १ सय ३५ रहेको छ ।

प्रकाशित : २०७७ भदौ १६ गते ९:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI