विश्वभर कोरोना सङ्क्रमितको संख्या दुई करोड ५६ लाख नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १६ गते १२:३२
विश्वभर कोरोना सङ्क्रमितको संख्या दुई करोड ५६ लाख नाघ्यो

१६ भदौ: विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ५४ हजार ७७५ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये हालसम्म एक करोड ७९ लाख ४२ हजार ९११ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६८ लाख ४० हजार ५४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार १५८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा ६२ लाख ११ हजार ७९६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८७ हजार ७३६ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ३९ लाख १० हजार ९०१ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख २१ हजार ५१५ जनाको मृत्यु भएको छ । भारतमा ३६ लाख ९१ हजार १६६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ६५ हजार ४३५ जनाको मृत्यु भएको छ ।

रुस ९ लाख ९५ हजार ३१९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १७ हजार १७६ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ५२ हजार ३७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २८ हजार ९४४ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख २७ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार १४९ जनाको मृत्यु भएको छ । कोलम्बिया ६ लाख १५ हजार १६८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १९ हजार ६६३ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ५ लाख ९९ हजार ५६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६४ हजार ४१४ जनाको मृत्यु भएको छ । स्पेनमा ४ लाख ६२ हजार ८५८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ९४ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ४ लाख १७ हजार ७३५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८ हजार ६६० जनाको मृत्यु भएको छ ।-एएफपी/Photo: Agency

प्रकाशित : २०७७ भदौ १६ गते १२:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI