दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र बुधबार देखि नियमित सन्चालनमा आउने

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १६ गते १५:०४
दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र बुधबार देखि नियमित सन्चालनमा आउने

कावासोती । देवचुलीको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र भाद्र १७ गते बुधबारबाट नियमित सुचारु हुने भएको छ ।

गत भाद्र १२ गते स्वास्थ्यकेन्द्रमा कार्यरत एक जना महिला कर्मचारीमा कोरोना संक्रमण देखिए पछि आकस्मिक र प्रसुती बाहेका सेवा बन्द गरिएको थियो ।

कर्मचारीमा संक्रमण देखिए पछि स्वास्थ्यकेन्द्र मा कार्यरत सम्पुर्ण चिकित्सक , स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको स्वाब संकलन गरि परिक्षण गर्दा पिसिआर रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्यकेन्द्रको निर्मलीकरण कार्यपनि सम्पन्न भएको हुँदा भाद्र १७ गते बुधबारबाट स्वास्थ्य केन्द्र नियमित रुपमा सुचारु हुने नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत गोविन्द सिग्देलद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

प्रकाशित : २०७७ भदौ १६ गते १५:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI