लद्दाखस्थित चीनसँगको सीमा क्षेत्रमा फेरि मारिए भारतीय सैनिक

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १७ गते १४:४४
लद्दाखस्थित चीनसँगको सीमा क्षेत्रमा फेरि मारिए भारतीय सैनिक

लद्दाखस्थित दक्षिणी पेंगोंग त्सो तालको विवादित इलाकामा चिनियाँ सैनिकसँगको झडपमा भारतीय सेनाको एक जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

तिब्बती मूलका ति सैनिक जवान स्पेशन फ्रन्टियर फोर्स (एसएफएफ) मा तैनाथ थिए ।

यद्यपि यो घटनामा भारतीय सेनाले आधिकारिक रुपमा केही बताएको छैन भने चीनले पनि केही जानकारी दिएको छैन ।

२९–३० अगस्टको राती चीनका करिब ५ सय सैनिकले पहाडी क्षेत्रमा कब्जाको कोशिस गरेको थियो ।

त्यसको प्रतिकारका क्रममा एक सैनिकको मृत्यु भएको हो । यसअघि ५ जुनमा लद्दाखस्थित गलवानमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो ।

सो क्रममा चिनियाँ सेनाले काँटी भएका लाठीले आक्रमण गर्दा २० जना भारतीय सैनिक मारिएका थिए ।

तिब्बती संसदका निर्वासित सदस्य नामग्याल डोलकर लघियारीले पछिल्लो झडपमा तिब्बती मूलका एक सैनिक मारिएको र एक जना घाइते भएको जानकारी दिएका छन् ।

प्रकाशित : २०७७ भदौ १७ गते १४:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI