करेन्ट लागेर कावासोतीमा एकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १७ गते १५:३१
करेन्ट लागेर कावासोतीमा एकको मृत्यु

कावासोति  । घरमा ट्रस लगाउने क्रममा करेन्ट लागेर पूर्वि नवलपरासीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नं. ९ का ४० वर्षीय लक्ष्मीप्रसाद महतो रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरिक्षक मोहन प्रसाद खाँडले बताउनुभयो ।

कावासोतीको विपी चोकमा रहेको कमल प्रसाद पौडेलको घरमा ट्रस लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका महतोलाई उपचारका लागि नवलपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ भदौ १७ गते १५:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI