No ads found for this position

चौधरी फाउन्डेसनको प्राकृतिक चिकित्सालयलाई नगद २ लाख र म्याट्रेस सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १७ गते १६:३५
No ads found for this position
चौधरी फाउन्डेसनको प्राकृतिक चिकित्सालयलाई नगद २ लाख र म्याट्रेस सहयोग
No ads found for this position

नवलपुर : रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई चौधरी फाउन्डेसनले बुधबार नगद २ लाख र योगका लागि आबश्यक १०० थान म्याट्रेस सहयोग गरेको छ । बुधबार चिकित्सालयको परिसरमा आयोजित एक कार्यक्रमका बिच चौधरी उद्योग ग्राम दुम्कौली नवलपुरका महाप्रबन्धक रामकाजी सिटौलाले चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीलाई सो सहयोग हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण गर्दै महाप्रबन्धक सिटौलाले ब्यापारिक सामाजिक उत्तरदायित्व अन्तरगत फाउन्डेसनले सो सहयोग उपलब्ध गराएको बताउनुभयो । उहाँले बिश्वनै कोरोना भाईरसका कारण आक्रान्त भैइरहेको अबस्थामा प्राकृतिक तवरले संक्रमितहरुको उपचारमा सहयोग गरिरहेको चिकित्सालयलाई सो सहयोग हस्तान्तरण गर्न पाउँदा आफुहरुलाई खुशी लागेको बताउनुभयो । फाउन्डेसनले संक्रमितहरुलाई योगा गर्न सहज होस् भन्ने उदेश्यले म्याट्रेस र चिकित्सालयमा पालिएका गाईहरुको गोठ ब्यबस्थापनका लागि नगद २ लाख सहयोग गरेको हो । सहयोग हस्तान्तरण समारोहमा चिकित्सालयका सचिब प्रदिपराज घिमिरे , निर्देशक डा विनोद पौडेल , ब्यबस्थापक हरि सापकोटा र चौधरी उद्योग ग्रामका सिएसाआर प्रमुख रामचन्द्र धिताल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७७ भदौ १७ गते १६:३५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI