सुनको भाउ आज पनि घटयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १८ गते ११:३९
सुनको भाउ आज पनि घटयो

नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बहुमूल्य धातु सुनको भाउ आज बिहीबार तोलामा ७ सय र चाँदी २० रुपैयाँले घटेको हो।

बिहीबार आज छापावाल सुनको भाउ तोलाको ९६ हजार ५ सय कायम भएको छ। बुधबार सुनको भाउमा १ हजार २ सय रुपैयाँले गिरावट आउँदा तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भएको थियो। महासंघका अनुसार स्थानीय बजारमा तेजाबी सुनको भाउ बिहीबार ९६ हजार कायम भएको छ।

बुधबार ९६ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो। छापावाल (२४ क्यारेट) र तेजाबी (२२ क्यारेट) सुनको भाउसँगै चाँदीको भाउ पनि २० रुपैयाँले घटेको छ। बुधबार चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर १ हजार ३ सय ६५ मा किनबेच भएको थियो। उपभोक्ताको अनुमानभन्दा उच्च दरमा भाउ बढ्नु तथा कोरोना महामारीका कारण चार महिना लामो ‘लकडाउन’ र काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका कारण सुन बजार नराम्रोसँग प्रभावित भएको व्यवसायी बताउँछन्।

छापावाल सुन मंगलबार तोलामा ९ सय रुपैयाँले घटेर ९८ हजार ४ सय र सोमबार ३ सयले बढेर ९७ हजार ५ सय रुपैयाँ पुगेको थियो। तेजाबी सुन मंगलबार ९७ हजार ९ सय र ९७ हजार रुपैयाँमा किनबेच भएको थियो। चाँदी मंगलबार १ हजार ३ सय ९५ रुपैयाँ र सोमबार १ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : २०७७ भदौ १८ गते ११:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI