बामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने नेकपाको निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १८ गते १८:०४
बामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने नेकपाको निर्णय

काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने भएका छन् । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने बैठकलाई जानकारी गराएका छन् ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको बताए । यसअघि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्नेमा पार्टीभित्र अन्योलता देखिएको थियो ।

यस्तै कार्यदलको प्रतिवेदनबारे पनि बैठकमा छलफल भइ ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको छ ।-रातो पार्टी

प्रकाशित : २०७७ भदौ १८ गते १८:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI