जुम्लाका प्रमुख जिल्ला अधिकारीमा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १९ गते ६:२५
जुम्लाका प्रमुख जिल्ला अधिकारीमा कोरोना संक्रमण

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना सङ्क्रमित हुनुभएको छ।

प्रमुख जिल्ला अधिकारी थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण हुँदा नतिजा पोजिटिभ आएको उहाँले बताउनुभयो ।

कोरोना रोकथामका लागि अग्रमोर्चामा खटिनुभएका थापा आफैँ सङ्क्रमित भएपछि आइसोलेसनमा बसेको जानकारी गर्नुभएको हो । प्रजिअ थापाले सामाजिक सञ्जालमा जनताको सुरक्षा गर्ने सिलसिलामा काँधमा जिम्मेवारी र हृदयमा ईमान्दारिता बोकेर कर्तव्य पालनाको सिलसिलामा कोरोना युद्धमा खटिँदा आफू पनि सङ्क्रमित भएको जनाउनुभएको छ ।

उहाँले आफू सङ्क्रमित भएपछि आइसोलेसनमा रहेको र कार्यालयको कामको लागि सहायक प्रमुख जिल्ला अधिकारीको ८५८३२०३८० मा सम्पर्क गर्न अनुरोध गर्दै चाँडै सेवामा फर्किने आशा गर्नुभएको छ ।

थापा जुम्ला आउनेबित्तिकै जिल्लाका कोरोना सङ्क्रमित सहितलाई समेत भेट र आइसोलेसन व्यवस्थापन गर्न गाउँ गाउँ जानुभएको थियो ।

प्रकाशित : २०७७ भदौ १९ गते ६:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI