सीपीएल : दुई खेल बाँकी हुँदै सन्दीपको टोली सेमिफाइनलमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १९ गते ८:५१
सीपीएल : दुई खेल बाँकी हुँदै सन्दीपको टोली सेमिफाइनलमा

एजेन्सी  : क्याराबिन प्रिमियर लिग(सीपीएल) मा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तलावाजले सेमिफाइनमा स्थान बनाएको छ । आफ्नो खेल वर्षाका कारण अवरुद्ध हुनुका साथै पछ्याइरहेको टोलीको हारपछि जमैका सेमिफाइलनमा पुग्न सफल भएको हो ।

 

गएराति सुरु भएको जमैका  र सेन्ट किट्स एण्ड नेभिज प्याट्रियटबीचको खेल वर्षाका कारण रद्द हुँदा दुवैले १–१ अंक बाडेका थिए । ब्रायन लारा मैदानमा सुरु भएको खेलमा जमैकाले टस जितेर पहिले बलिङ रोजेको थियो । सेन्ट किट्सले ५.४ ओभरमा कुनै विकट नगुमाइ ४६  रन बनाएर खेलिरहेको अवस्थामा पानी परेपछि खेल रोकिएपछि दुवैले अंक बाँडेका हुन् ।

शुक्रबार बिहान भएको खेलमा गुयाना अमेजन वारियर्सले बार्बाडोस ट्रिडेन्ट्सबीचको खेलमा बार्बाडोस पराजित भएपछि जमैकाले २ खेल बाँकी छँदै समेमिफाइनलमा स्थान बनाएको हो ।

८ खेल खेलेको जमैकाको ७ अंक बनाएको छ । तालिकाको चौथो स्थानमा छ । लिग चरणका एक–एक खेल मात्रै खेल्न बाँकी रहेका बाबौडोज ट्रिडेन्सको ४ र  सेन्ट किट्सको ३ अंक मात्रै छ । यी दुवै टोलीले बाँकी एक खेल निते पनि ६ र ५ अंक मात्रै हुने भएपछि जमैका दुई खेल नखेल्दै सेमिफाइनलमा पुगेको हो ।

यो सँगै सिपिएलको सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको छ । ट्रिन्बागो नाइटराइडर्स, गुयाना अमेजन वारियर्स, सेन्ट लुसिया जुक्स र जमैका तलावाजले सेमिफाइनमा स्थान बनाउदा साविक विजेता बार्बाडोस ट्रिडेन्ट्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियटस प्रतियोगिताबाट बाहिरिएका छन् ।

जमैकाले अब लिग चरणका  बाँकी खेल ६ सेप्टेम्बरमा बार्बाडोजसँग  र लुसिया जुक्ससँग ७ सेप्टेम्बरमा खेल्ने छ ।

सन्दीपले सीपीएलका यस सिजनका ७ खेलमा बलिङ गर्दा १० विकेट लिन  सफल भएका छन् ।

प्रकाशित : २०७७ भदौ १९ गते ८:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI