स्पेनले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरेपछि जर्मनी जितबाट बन्चित

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १९ गते १३:३८
स्पेनले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरेपछि जर्मनी जितबाट बन्चित

१९ भदौ, काठमाडौं । बिहीबार देखि सुरु भएको युइएफए नेशन्स कप अन्तर्गत लिग एको समूह ४ को खेलमा जर्मनी र स्पेनले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

घरेलु मैदानमा जर्मनीले पहिला अग्रता लिएपनि इन्जुरी टाइममा स्पेनले गोल फर्काउदै खेल बराबरी गरेको हो ।

जर्मनीको मर्सिडिस बेन्च एरेनामा भएको खेलमा इन्जुरी टाइमको पाँचौ मिनेटमा रोड्रिगोको पासमा जोस गाएले गोल गर्दै स्पेनको हार टारेका थिए । त्यसअघि ५१औं मिनेटमा टिमो वेर्नरले रोबिन गोसेन्सको पासमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

यसै खेलमा स्पेनका १७ वर्षीय युवा खेलाडी अंसु फातीले राष्ट्रिय टिममा डेब्यु गरेका छन् । उनी स्पेनका लागि खेल्ने आठ सयौँ खेलाडी समेत बने ।

बराबरीपछि दुवैले १-१ अंक जोडेका छन् । यसै समूहको अर्को खेलमा युक्रेनले स्वीट्जरल्याण्डलाई २-१ ले पराजित गर्दै ३ अंक जोडेको छ ।

यस्तै लिग बी को समूह ३ को खेलमा रसियाले सर्वियालाई ३-१ र हंगेरीले टर्कीलाई १-० ले पराजित गरेको छ । लिग बी को समूह्य ४ मा वल्सले फिनल्याण्डलाई १-० ले पराजित गर्दा आयरल्याण्ड र बुल्गेरियाले १-१ को बराबरी खेलेका छन् ।

लिग सी अन्तर्गत समूह ३ मा मोल्दोभो र कोसोभोले १-१ तथा स्लोभेनिया र ग्रीसले गोलरहित बराबरी खेलेका छन् । लिग डी को समूह ए मा फरोए आइल्याण्डले माल्टालाई ३-२ ले पराजित गरेको छ ।

प्रकाशित : २०७७ भदौ १९ गते १३:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI