नवलपुर अपडेट : कावासोतिमा ९ सहित नवलपुरमा १० जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १९ गते १३:३४

कावासोती । नवलपुरको कावासोती नगरपालिकामा थप ९ र गैंडाकोटमा १ सहित जिल्लामा १० जनामा कोरोना संक्रमण देखिएको छ ।                                                                       

संक्रमण देखिएकाहरुमा कावासोती नगरपालिका वडा नं १६ का ११ वर्षीय बालिका, ३० र २७ वर्षिय महिला, ३८ र ४३ वर्षीय पुरुष गरि ५ जना, कावासोती नगरपालिका वडानं २ का ७५ वर्षीय पुरुष १ जना , कावासोती नगरपालिका वडा नं ३ का २८ र ३० वर्षीय २ पुरुष र ३३ वर्षीय १ महिला रहेका छ्न । त्यस्तै गैंडाकोट नगरपालिकाकि ३ वर्षीय बालिकामा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।

यस अघि आजै गैंडाकोटमा १६ र देवचुलीमा १ सहित १७ जनामा संक्रमण देखिएको थियो ।

यो सँगै जिल्लामा संक्रमितको संख्या ५३० जना पुगेको छ भने संक्रिय संक्रमितको संख्या १४६ पुगेको छ । हालसम्म निको हुने ३६६ जना रहेको छन भने एक जना संक्रमितको मृत्यु भएको छ ।

 

प्रकाशित : २०७७ भदौ १९ गते १३:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI