No ads found for this position

चितवनमा निषेधाज्ञा खुकुलो : बिहान १० देखि ४ बजे सम्म पसल सन्चालन गर्न

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १९ गते १६:२६
No ads found for this position
No ads found for this position

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भोलिदेखि निषेधाज्ञा खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले दिउँसोको समयमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

यससंगै विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म किराना पसल, निर्माण सामग्री पसल, फेन्सी तथा कपडा पसल संचालन गर्न पाइने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । चितवनमा संक्रमण दर अझै बढ्दै गइरहेकोले केही खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि एक साता थप गर्ने निर्णय भएको शर्माले जानकारी दिए ।

चितवनमा पहिलोपटक साउन ३१ गतेदेखि भरतपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । त्यसलगत्तै पूर्वीचितवनका चार नगरपालिका र इच्छाकामना गाउँपालिका समेत निषेधाज्ञा जारी गरिएको थियो । पछि थपिएको साता निषेधाज्ञाको बेला माडी नगरपालिकामा समेत निषेधाज्ञा थप गरिएको थियो ।

जिल्लामा अहिले सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा संक्रमण देखिन थालेको छ । भरतपुरमा शुक्रबार विहानसम्ममा ५९४ जना संक्रमित पुगेका छन् । यस्तै जिल्लामा कुल संक्रमितको संख्या ९३३ पुगेको छ ।

प्रकाशित : २०७७ भदौ १९ गते १६:२६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI