कांग्रेस १४औं महाधिवेशनः ‘निर्वाचन विकेन्द्रीकरण गरौं’

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २० गते ८:२२
कांग्रेस १४औं महाधिवेशनः ‘निर्वाचन विकेन्द्रीकरण गरौं’

काठमाडौं, भदौ २० । कोरोनाका कारण पछिल्लो पटक संशोधित कार्यतालिकामा पनि महाधिवेशन नहुने अवस्था बन्दै गएपछि कांग्रेस वृत्तमा महाधिवेशनलाई विकेन्द्रीकरण गर्न आवाज उठ्न थालेको छ ।

कांग्रेसले कोरोनाकै कारण केन्द्रको महाधिवेशन मितिबाहेकका तल्ला तहका अधिवेशनको कार्यतालिकालाई दुई पटक संशोधन गरिसकेको छ । पछिल्लो पटक संशोधन गरेको तालिकासमेत कोरोनाकै कारण प्रभावित भएपछि महाधिवेशनलाई विकेन्द्रीकरण गरेर भए पनि गरिनुपर्ने विकल्पको आवाज उठ्न थालेको हो ।

कांग्रेसको विधानतः गत वर्षको फागुनमै निर्वाचित केन्द्रीय समितिको म्याद सकिएको थियो । तर, विधानअनुसार सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गरेका थिए । थप समयसमेत आगामी फागुनमा सकिँदै छ ।

यस अवधिमा समेत महाधिवेशन हुने अवस्था नभएपछि कांग्रेसका वर्तमान पदाधिकारीसहित पूर्वपदाधिकारीले महाधिवेशन गर्ने तरिका बदल्नुपर्ने भन्दै विकल्प अघि सारेका हुन् ।

यस्तो विकल्पसहितको प्रस्ताव अघि सार्नेमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र युवा नेता गगन थापा रहेको आजको राजधानी दैनिकमा खवर छ ।

प्रकाशित : २०७७ भदौ २० गते ८:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI