No ads found for this position

आमाको भूमिकामा आउँदै श्वेता खड्का

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २० गते १२:४३
No ads found for this position
आमाको भूमिकामा आउँदै श्वेता खड्का
No ads found for this position

काठमाडौं । चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छिन ।

उनी अभिनित चलचित्र ‘कान्छी’ दुइ वर्ष अघि प्रदर्शनमा आएको थियो । अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्ध भएकी छन् ।

‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन् । चलचित्रमा उनी आमाको भूमिकामा देखिने छिन् । चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा बोल्ने छ ।

कोरोना महामारी र हालको लक डाउनको अवस्था अलिक सहज हुने बित्तिकै चलचित्रको छायाँकन शुरु हुने जनाइएको छ ।

निर्देशक यम थापाको लेखन समेत रहेको चलचित्रमा छोरीको भूमिका बाल कलाकार सेड्रिना शर्मालाई अफर गर्ने सोचमा छन् । शर्मा अहिले जन्मथलो झापामा भएका कारण कुरा अगाडि बढ्न पाएको छैन ।

डेब्यू चलचित्र ‘कहाँ भेटिएला’ देखि लभर गर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलो पटक दर्शकले भिन्न भूमिकामा देख्न पाउने छन् । उनी यो चलचित्रलाई लिएर उत्साहित छिन् । आमाको भूमिका भए पनि चलचित्रमा केन्द्रिय भूमिका श्वेताको रहने निर्देशक थापाले बताए ।

हाल स्क्रिप्टको कार्य सकेर लोकेसन फाइनल गर्ने कार्यमा लागेका थापाले चलचित्रमा समाबेश अन्य कलाकार तथा प्राबिधिकहरुको जानकारी केसी समयमा गराउने बताए । कोरोना महामारीका कारण ठप्प रहेको चलचित्र उद्योगलाइ चलायमान बनाउनु र चलचित्रकर्मी तथा प्राबिधिकहरुलाई आशाबादी बनाउन जरुरि रहेका कारण आफू यो अवस्थामा पनि चलचित्र निर्माणमा जुटेको थापाले बताए ।

प्रकाशित : २०७७ भदौ २० गते १२:४३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI