गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २१ गते १२:५५

कास्की, २१ भदौं । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) घनश्याम अर्याललाई कोरोना संक्रमण भएको छ । कन्ट्याक ट्रेसिङका आधारमा उनको स्वाब परीक्षण गर्दा आइतबार बिहान रिपोर्ट पोजिटिभ आएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले अर्याललाई कोरोना भएको पुष्टि गरेको छ । यसअघि नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना पुष्टि भएको थियो । त्यसकै आधारमा डीआइजी अर्यालको कन्ट्याक ट्रेसिङ गरिएको थियो ।

प्रकाशित : २०७७ भदौ २१ गते १२:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI