मौसम पूर्वानुमान : पाँच प्रदेशका केही ठाउँमा आज भारी वर्षा

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २२ गते ७:४८
मौसम पूर्वानुमान : पाँच प्रदेशका केही ठाउँमा आज भारी वर्षा

काठमाडौं। प्रदेश १, २, बाग्मती, गण्डकी र प्रदेश ५ मा अहिले सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

 

साथै प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

आज दिउँसो देशभर सामान्यतया बदली  रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  प्रदेश १, बागमती,गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षा हुनसक्‍ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

प्रदेश १,  प्रदेश २, बागमती, गण्डकी तथा प्रदेश ५ का एक/दुई स्थानहरूमा आगामी २४ घण्टा  भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित : २०७७ भदौ २२ गते ७:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI