No ads found for this position

अँध्यारोमा टेलिभिजन हेर्नु घातक !

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २२ गते २०:३४
No ads found for this position
अँध्यारोमा टेलिभिजन हेर्नु घातक !
No ads found for this position

कोही कोही मान्छेहरु उज्यालोमा टेलिभिजन हेर्दा त्यति मजा हुँदैन भनेर राती भए बत्ती निभाएर र दिउँसो भए झ्याल ढोका बन्द गरेर अँध्यारोमा टेलिभिजन हेर्ने गर्छन् । के तपाईं पनि त्यस्तै गर्नुहुन्छ ? त्यस्तै, के तपाईंको परिवारमा बच्चाहरु अँध्यारोमा नै टेलिभिजन हेर्छन् ?

सावधान ! यदि तपाईं  अँध्यारोमा टेलिभिजन हेर्ने गर्नुहुन्छ भने तपाईं गल्ती गर्दै हुनुहुन्छ । अँध्यारो कोठामा बसी टेलिभिजन हेर्नु भनेको आफ्नो आँखालाई चाँडै नै बिगार्नु हो ।

अँध्यारो कोठामा बसी टेलिभिजन हेर्दा हाम्रो लागि चम्किलो प्रकाशको स्रोत टेलिभिजनको पर्दा मात्र हुन्छ । जब हामी टेलिभिजनबाट अन्य ठाउँमा आँखा पुर्‍याउँछौ, तब अँध्यारोको कारणले हाम्रो आँखाभित्रको आइरिस मांशपेशीले आँखाको नानीलाई ठूलो पारेको हुन्छ । यदि पुनः हामी अँध्यारोबाट टेलिभिजनको पर्दामा आँखा पुर्‍याउँछौं भने त्यतिखेर हाम्रो आँखाभित्रको आइरिस मांशपेशीले त्यतिछिटो आँखाको नानीलाई सानो पारिसकेको हुँदैन ।

यसबाट टेलिभिजनको पर्दाबाट आएको चम्किलो प्रकाश धेरै मात्रामा हाम्रो आँखाको नानीबाट छिरेर गई रेटिनासम्म पुग्दछ । साधारणतया अँध्यारोमा हाम्रो आँखाको नानीलाई आइरिस मांशपेशीले ठूलो र उज्यालोमा सानो पारेको हुन्छ । चारैतिर अँध्यारो, तर कुनै एक ठाउँमा मात्र अत्यन्त बढी चम्किलो प्रकाशको स्रोत छ भने त्यसलाई हेर्न पुग्दा आँखाको नानी तत्कालै सानो हुन नसक्ने भएकोले प्रकाशको किरण आँखाले धान्न सक्नेभन्दा बढी मात्रामा आँखाको नानीमा छिरेर गई रेटिनामा पुग्दछ ।

यसबाट आँखामा बढी बल पुग्न जान्छ र यस्तो घटना वारम्बार हुँदै जाँदा आँखामा आघात पुग्न गई आँखा बिग्रन पुग्छ । त्यसैले अँध्यारोमा बसी टेलिभिजन हेर्नु आँखाको लागि घातक हुने गर्छ ।

प्रकाशित : २०७७ भदौ २२ गते २०:३४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI