No ads found for this position

आजको मौसमः यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २४ गते ९:१४
No ads found for this position
आजको मौसमः यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
No ads found for this position

काठमाडौं, भदौ २४ । हाल मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ ।

उक्त प्रभावले हाल देशका अधिकांश स्थानमा सामान्यदेखि पुर्ण बदली भइ विभिन्न स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ जल तथा मौसम विभागले जनाएको छ ।

हाल देशका अधिकांश स्थानमा सामान्य बदली भई प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भईरहेको विभागको भनाई छ ।

बुधवार दिउँसो देशभर सामान्यतया बदली रहि केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत विभागको अनुमान छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै रातीसम्म देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ , प्रदेश २ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाई छ ।

प्रकाशित : २०७७ भदौ २४ गते ९:१४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI