विद्यालयको पाठ्यभार घटाउने तयारी

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २४ गते ९:३७
विद्यालयको पाठ्यभार घटाउने तयारी

काठमाडौं, भदौ २४ । कोरोना भाइरसका कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ ।

वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै कक्षा १० सम्मको पाठ्यक्रमको संश्लेषण कार्य अगाडि बढाइएको हो ।

संश्लेषणपछि पाठ्यभार घट्ने छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले विद्यालय शिक्षाको पाठ्यक्रमलाई संश्लेषण गर्ने कार्यमा विषयगत समितिमा विज्ञहरूले काम गरिरहेको जानकारी दिए । भदौभित्र यसको काम पूरा गरी संश्लेषित पाठ्यक्रम विद्यालय र शिक्षकसम्म पु¥याउने योजना छ ।

यस वर्षको शैक्षिक सत्रको झन्डै पाँच महिना बितिसकेकाले यस अवस्थामा पाठ्यक्रमलाई यथावत् रूपमा अघि बढाउन सम्भव छैन । विषयगत समितिले संश्लेषित पाठ्यक्रम तयार पारेपछि पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले त्यसलाई स्वीकृति दिनेछ । त्यसपछि संश्लेषित पाठ्यक्रम विद्यालयमा पु¥याइनेछ ।

कुन कक्षामा कति प्रतिशत पाठ्यक्रमको भार घटाउने भन्ने नीतिगत निर्णय गरिएको छैन । महानिर्देशक दाहालले विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित हुने गरी पाठ्यक्रम संश्लेषण गरिने बताए। माथिल्लो कक्षामा अध्ययन गर्नका लागि चाहिने न्यूनतम सिकाइ पुग्ने गरी पाठ्यक्रम संश्लेषण गरिनेछ ।

छोट्याइएको पाठ्यक्रमले निर्देशित गरेभन्दा विद्यार्थीले धेरै सिकाइ उपलब्धि हासिल गर्न सक्ने तर न्यूनतम उपलब्ध भने सुनिश्चित गरिनुपर्ने आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रकाशित : २०७७ भदौ २४ गते ९:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI