ओली–दाहाल छलफलमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २४ गते १३:३९
ओली–दाहाल छलफलमा

काठमाडौं, २४ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा अध्यक्षद्धयले शुक्रबार बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने बुझिएको छ ।

गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक विभिन्न कारणले प्रभावित बन्दै आएको छ । विवाद समाधानको लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । सोही प्रतिवेदनलाई आधार बनाएर विवाद समाधान गर्न अध्यक्षद्धय कस्सिएका छन् ।

प्रकाशित : २०७७ भदौ २४ गते १३:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI