रौतहटमा सुरक्षाकर्मीसहित थप ५८ जनामा कोरोना

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २४ गते १५:०७
रौतहटमा सुरक्षाकर्मीसहित थप ५८ जनामा कोरोना

स्वास्थ्य कार्यालय गौरका फोकल पर्सन हरेन्द्र गुप्ताका अनुसार बुधबार चन्द्रपुर नगरपालिकामा २८, यमुना माईमा १२ र दुर्गा भगवती गाउँपालिकाको १८ जनामा संक्रमण पुष्टि भएको हो । कन्ट्याक ट्रेसिङको आधारमा स्वाब संकलन गर्दा यमुनामाईका सुरक्षाकर्मी लगायतमा संक्रमण देखिएको हो ।

जिल्लामा समुदायमा संक्रमण देखिन थालेपछि स्थानीय प्रशासनले भदौ ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।                           

जिल्लामा पछिल्लो कोरोना संक्रमण बढ्दै गएपछि होमआइसोलेसनमा बस्नेको संख्या बढ्न थालेको छ । सरकारले निश्चित मापदण्ड पूरा गरेर होम आइसोलेसनमा बस्न दिइने प्रावधान ल्याएपछि घरमै बस्ने संक्रमितको संख्या बढेको हो ।

जिल्लाभित्र कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि विभिन्न १८ स्थानीय तहले ३ सय ९९ बेडको आइसोलेसन तयार पारेका थिए । झण्डै १२ हजार मानिस अट्न सक्ने क्षमताको क्वारेन्टाईन संचालनमा ल्याएपनि हाल क्वारेन्टाइनमा ५ जना मात्र छन् ।

जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्यांकमा पनि अहिले सम्म जिल्लामा १ हजार ६ सय ७१ जनामा संक्रमण पुष्टि भईसकेको छ । ती मध्ये १ हजार ५ सय ४७ जना निको भएर घर फर्किसकेका छन् । आइसोलेसनमा १ सय २४ जना छन् । तर उनीहरु स्थानीय तहले सञ्चालनमा ल्याएको आइसोलेसनमा भने छैनन् ।

प्रकाशित : २०७७ भदौ २४ गते १५:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI