No ads found for this position

दुई वर्षीय बालक सहित नवलपुरमा थप ५ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २४ गते २२:११
No ads found for this position
No ads found for this position

कावासोती । दुई वर्षीय बालक सहित नवलपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखराबाट बुधबार अबेर राती प्राप्त रिपोर्ट अनुसार कावासोती नगरपालिका वडा नं ८ का ३५ वर्षीय पुरुष, कावासोती-१६का २ वर्षीय बालक र ३४ वर्षीय महिला, कावासोती-१७ कै ३६ वर्षीय महिला रहेका छन । यस्तै प्राप्त रिपोर्ट अनुसार देवचुली -१६का ४ वर्षीय बालकमा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।

यो सँगै जिल्लामा संक्रमितको संख्या ५७३ पुगेको छ । तीन जनाको निधन भएको जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ७० पुगेको हो ।

प्रकाशित : २०७७ भदौ २४ गते २२:११
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI