एसिड आक्रमण गर्नेहरुलाई कारबाही गर्न अध्यादेश मार्फत तत्काल नयाँ कानुन बनाइने : प्रधानमन्त्री

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २५ गते १४:१९
एसिड आक्रमण गर्नेहरुलाई कारबाही गर्न अध्यादेश मार्फत तत्काल नयाँ  कानुन बनाइने : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पिडितहरूले माग गरेअनुरूप यस अमानवीय र जघन्य अपराधका दाेषी माथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने उल्लेख गर्नुभएकाे छ । यस निम्ति १५ दिनभित्र कानुन मस्याैदा गरिसक्न पनि उहाँले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिनुभएकाे छ ।

उहाँले अपराधीकाे सम्पत्ती राेक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपाेषण गर्ने, पीडितलाई छिटाे अस्पताल पु-याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने बताउनु भयाे ।

देशभरि एसिड आक्रमणका घटनाहरूमा परेेकामध्ये १२ जना पीडितहरू सहभागी आजकाे विशेष कार्यक्रममा प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारकाे प्रबन्ध मिलाउने , पीडितहरूकाे सम्पूर्ण खर्च सरकारले बेहाेर्ने र नियमित प्रयाेग गर्नुपर्ने आैषधिकाे खर्च समेत सरकारले गर्ने घाेषणा गर्नुभएकाे छ ।

आक्रमणकापछि पढ्न चाहनेहरूका लागि नि:शुल्क पठनपाठनकाे प्रबन्ध सरकारले गर्ने उहाँले बताउनुभयाे । साथै, उचित तालीम, राेजगारी, व्यवसाय र जिविकाकाे प्रबन्ध सरकारले मिलाउने समेत उहाँले कार्यक्रममा जानकारी गराउनु भयाे ।
प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्राेत्साहित गरिने बताउनु भएकाे छ ।

हरेक बर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्दकाे जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत उहाँले सबैलाई आह्वान गर्नुभएकाे छ ।

सभ्य समाज निर्माण गर्न सरकारले एसिड अाक्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा यस्ताे पीडा कसैले भाेग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले हरेस नखाई अघि बढ्न सहभागीहरूलाई आश्वस्त पार्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।

नेपालमा एसिड आक्रमणका विभिन्न १७ वटा घटनामा परी १९ जना एसिड पीडितहरू रहेकाे बताइएकाे छ।

प्रकाशित : २०७७ भदौ २५ गते १४:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI