पछिल्लो २४ घन्टामा १८१८ कोरोना संक्रमित संक्रमणमुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २५ गते १६:३६

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सँगै नेपालमा  ३५ हजार ७ सय जना संक्रमित  उपचारपछि निको भएका छन्।

आज मन्त्रालयका अनुसार ११ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ८ लाख १० सय हजार ४ सय ८५ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ५ हजार ८ सय ६ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १४ हजार  ४ सय ४८ रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –३२८०
प्रदेश २– १०१५२
बाग्मती प्रदेशमा –६००७
गण्डकी प्रदेशमा –२०७७
प्रदेश ५मा –६१३३
कर्णाली प्रदेशमा –२४२४
सुदूरपश्चिम प्रदेशमा ५६८९

प्रकाशित : २०७७ भदौ २५ गते १६:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI