विश्वकै महँगो रक्सी, एक बोतलको पैसाबाटै महँगो कार

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २५ गते २०:३३
विश्वकै महँगो रक्सी, एक बोतलको पैसाबाटै महँगो कार

सामान्य नेपालीले प्रयोग गर्ने रक्सीको मूल्य प्रति क्वाटर ३००–४०० मानै पाइन्छ । घरको पाहुँना कोठामा सजाउनका लागि केही महँगो मूल्यको रक्सी पनि राख्ने गरिएको पाइन्छ । यसको मूल्य हजारौमा पर्न सक्छ । तर तपाईलाई थाहाँ छ कि विश्वकै महँगो रक्सीको मूल्य कति पर्ला भनेर ? युरोपेली मुलुक हंगेरी प्रमुख पर्यटकिय स्थल टोकजका रक्सी उत्पादकले यस्तो वाइन तयार पारेको छ, जसको मूल्य डेढ लीटरकै साढे ४५ लाख रुपैयाँ पर्छ । यसलाई विश्वकै महँगो रक्सी भनिन्छ ।

यो वाइनको नाम हो इसेन्सिया २००८ डिसेन्टर । यसको विशेषता भनेकै यो सीमित मात्रामा मात्रै उत्पादन गरिन्छ । हालसम्म यसको २० बोतल मात्रै उत्पादन गरिएको छ । यस मध्ये ११ बोतल बिक्री भइसकेको छ ।

‘इसेन्सिया २००८ डिसेन्टर’ को प्याकिङ पनि अत्यन्त आकर्षक रहेको छ । यो रक्सीको प्रत्येक बोतललाई एक चमकदार कालो रंगको बाकसमा राखिएको छ, जसमा एक स्वीच राखिएको हुन्छ । यसलेस बोतललाई थप चमकदार बनाउछ ।

२००८ मा तयार भएको यो रक्सीलाई कयौ वर्षपछि बोतलमा प्याक गरिएको हो । यसलाई बनाउने कम्पनीका जीएम जोल्टन कोवाक्सका अनुसार इसेन्सिया २००८ डिसेन्टर वाइन तयार भएको ८ वर्षपछि बोतलमा प्याकका लागि उत्तम मानिन्छ । यसको एक्सपाइरी समय सन् २३०० हो ।

जोल्टन कोवाक्सका अनुसार यो रक्सीलाई खास मौषममा मात्रै बनाइन्छ र यो एक सानो चम्चा बराबरको उत्पादनका लागि करिब २० किलोग्राम अंगुरको आवश्यकता पर्छ । यसको ३७.५ सेन्टीमीटरको एक बोतलमा ३ प्रतिशत मात्रै अल्कोहल हुन्छ । यसमा अधिकतम ४ प्रतिशत अल्कोहल हुन्छ, जुन अन्य वाइनको तुलनामा बढी हो ।

प्रकाशित : २०७७ भदौ २५ गते २०:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI