आज कहाँ–कहाँ बर्षा?

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २६ गते ८:४५
आज कहाँ–कहाँ बर्षा?
This image depicts the rain in Asia. Image: Nepal Weather Forecast Twitter

काठमाडौं, भदौ २६ । हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ ।

पश्चिम बंगालमा न्युन चापिय क्षेत्र अबस्थित रहेका कारण उक्त प्रभाव नेपालमा समेत पर्दा हाल देशभर सामान्य देखि पुर्ण बदली भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा वर्षा भईरहेको छ ।

महाशाखाले दिउँसो देशभर सामान्यतयादेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै राति, देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ ,बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमासमेत भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित : २०७७ भदौ २६ गते ८:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI