पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २६ गते ८:५७
पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक झरेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सडक खुलाउन प्रयास भैरहेको जिल्ला प्रहरी प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

प्रकाशित : २०७७ भदौ २६ गते ८:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI