प्राकृतिक चिकित्सालयमा संक्रमितको चाप बढदै: तत्काल क्षमता वृद्धि गर्नु पर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २६ गते २१:३६
प्राकृतिक चिकित्सालयमा संक्रमितको चाप बढदै: तत्काल क्षमता वृद्धि गर्नु पर्ने

सन्जय भट्टराई/कावासोती
संक्रमितको संख्या बढदै गए सँगै नवलपुरको रजहरमा रहेको जिल्लाको एक मात्र अस्थायी कोरोना अस्पताल प्राकृतिक चिकित्सालय रजहरमा संक्रमितको व्यवस्थापन गर्न गार्हो पर्न थालेको छ ।

अस्पतालको सुरुवात गर्दा चार सय ५० जना सम्म राख्न मिल्ने भनिएता अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलका अनुसार अस्पतालको अहिलेको पुर्वाधारले बढिमा २०० जना भन्दा धेरै संक्रमित राख्न सकिने अवस्था छैन ।

“अस्पतालको आईसोलेसनमा शुक्रबार साँझ सम्म १५७ जना सक्रिय संक्रमित रहेका छ्न । हामीले २० बेड आकस्मिक बिरामीको लागी राखेका छौं, अहिलेको अवस्थाले धेरैमा  २०० जना सम्म संक्रमितलाई व्यवस्थापन गर्न सकिएला, संख्या बढयो भने गार्हो हुन्छ ।” -पौडेलले बताए ।

” केही पहिले संक्रमितको संख्यामा कमि आए पछि आईसोलेसनको क्षमता बिस्तार गर्ने काम भएन, अहिले समुदायमा संक्रमण देखिए पछि भईरहेको क्षमताले धान्न गार्हो देखियो, सम्बन्धित निकायमा हामीले कुरा पुर्‍याएका छौ, छिट्टै सम्बोधन हुने आसा गरेका छौ” पौडेलको भनाई थियो ।

आकस्मिक सेवामा आउने बिरामीको लागि र बाल बच्चा सँगै आएका र बिरामी कुरुवाको लागि बेग्लै कोठा व्यवस्थापन गर्दा बेडको संख्या कम हुँदै गएको डाक्टर पौडलले बताए ।

समुदायमा संक्रमण फैलिनु अगाडि नै क्वारेन्टाइनमा रहेका मा संक्रमण देखिए पछि जिल्लाका स्थानीय तह र प्रदेश सरकारको सहयोगमा सन्चालन गरिएको अस्पतालको क्षमता अब भने बिस्तार तत्काल गर्नु पर्ने देखिएको छ । अस्पतालमा सुरु गर्न र निको भएका बिरामीलाई बिदा गर्न जिल्लाका स्थानीय तह र जनप्रतिनिधिले जसरी जाँगर देखाएका थिए अब क्षमता बिस्तार गर्न पनि त्यसै गरि चासो देखाउनु पर्ने देखिन्छ ।

समुदाय फैलिने कुरालाई मध्य नजर गरिएको भए र तयारी गर्न सकेको भए ३५० देखि ४०० बेडको व्यवस्थापन गर्न सकिने  अस्पतालका सरोकारवालाहरुले बताएका छ्न ।देशकै नमूना आईसोलेसनको रूपमा रहेको चिकित्सालयमा प्राकृतिक चिकित्सा पद्धति अनुसार संक्रमितको उपचार भईरहेको छ । हाल सम्म अस्पताल बाट ३ सय ८७ संक्रमित संक्रमण मुक्त भएर घर फर्किसकेका छ्न ।

प्रकाशित : २०७७ भदौ २६ गते २१:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI