आइतबार यी राशिहरुका लागि छ शुभ

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २८ गते ७:३९
आइतबार यी राशिहरुका लागि छ शुभ

वि.सं.२०७७ साल भाद्र २८ गते । आईतबार । ईश्वी सन् २०२० सेप्टेम्बर १३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–एकादशी,४२ घडी ५२ पला,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–पुनर्वशु,१९ घडी ०५ पला,दिउसो ०१ बजेर २६ मिनेट उप्रान्त तिष्य । योग–वरियान,२१ घडी ०० पला,दिउसो ०२ बजेर १२ मिनेट उप्रान्त परिध । करण–बव,बिहान ११ बजेर १५ मिनेट उप्रान्त बालव,बेलुकी १० बजेर ५७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मिथुन,बिहान ०७ बजेर २३ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०९ मिनेट । दिनमान ३० घडी ५१ पला । इन्दिरा एकादशी व्रत। एकादशी श्राद्ध। फर्पिङमा हरि-शंकर यात्रा। मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा जनताको काम गर्न हर कोषिश गर्दा गर्दै नसकिने हुदा आलोचनाको शिकार हुने योग रहेकोछ । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेकोछ । घर परिवारबाट टाडा हुनुपर्दा नरमाईलो लाग्नेछ । पढाइ लेखाइमा मन नजादा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिभिन्न अवसरहरुको उपयोग गरी यथेष्ट धन तथा सम्पती कमाउन सकिनेछ । आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ । मनोबल मजभुत हुने हुनाले शाहशिलो काम गर्न सकिने तथा खेलकुद तथा यस्तै गति बीधिमा सम्लग्न भई अगाढी बढ्न सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने जीवन साथिको सहयोगले नयाँ कामको थालनी  गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसी कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनैपनि कारोबार नगर्नुहोला विवाद हुनसक्छ । व्यापार व्यावसायमा समय दिएपनि भनेजस्तो आम्दानी नहुने हुदा दैनिकि प्रभावित हुनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्वसँग मनमुटाव वढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक कामहरु समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुनेछ । राजनीति कर्मिले सर्बसाधारणको काम गरी पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने समय रहेकोले मन प्रशन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्य सम्वन्धी समस्या आउने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाइ लेखाइमा समय दिएपनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेकोछ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहादा नचाहादै छुट्टिनुपर्ने हुनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सरकारी तथा पैत्रिक धन सम्पती हात लागी हुने सम्भावना रहेकोछ भने व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार हुनेहुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुने हुनाले दैनिकी सहज मार्गमा अगाडी बढ्नेछ । सवारी साधन तथा अन्य सम्पतीहरु लाभ हुने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आज गरीएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुनेयोग रहेकोछ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । गीत संगित क्षेत्रमा रुचि बढ्ने हुँदा केहि समय रमाईलोतिर पनि समय खर्च हुनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ । पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन निकैनै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विस्वास गरेकै हरुबाट धोका हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मायाप्रेम तथा पतीपत्नी विच केहि विषयमा मनमुटाव बढ्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बाहिर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदी बहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानशिक चिन्ता बड्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पुराना समस्या तथा विवादित विषयहरुलाई केही समय दिएर सकाउँन सकिनेछ । रुपैया पैसा बचत गरी नयाँ व्यापार व्यावसायमा लगानी गर्न सकिनेछ । घर परिवार तथा सामाजिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा सामान्य प्रतिस्पर्धीहरु आफै साईड लाग्नेछन् । आफ्नो बिषेश मान्छेलाई लिएर यात्रामा निश्कन सकिनेछ भने प्रेममा नजिक हुने समय रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सोचेको कामहरु तत्काल गर्न नसकिने हुँदा समयले तपार्ईँलाई पछि छाड्नेछ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्ने छैन । व्यापार व्यावसायमा लगानी गरीहाल्ने वातावरण नभएकोले तत्काल कुनै कामको सुरुवात नगर्नुहोला । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोल अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा फक्रिदै गरेको कोपिलाहरु चुटिने अधिक सम्भावना रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

प्रकाशित : २०७७ भदौ २८ गते ७:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI