सिन्धुपाल्चोक पहिरो अपडेट : पुरिएका ६ जनाको शव फेला, दुई जनाको परिचय खुल्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २८ गते १०:०२
सिन्धुपाल्चोक पहिरो अपडेट : पुरिएका ६ जनाको शव फेला, दुई जनाको परिचय खुल्यो

भदौ २८, सिन्धुपाल्चोक। 
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ मा खसेको पहिरोमा परेका ६ जनाको शव फेला परेको छ । दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका ६ जनामध्ये २ जनाको परिचय खुलेको छ । घुम्थाङ नागपुजेमा गएको पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्कको बिक टोलमा पहिरोमा पुरिएकी २० वर्षीया जुनु बिकको मात्रै परिचय खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पहिरोले १२ वटा घर बगाएको छ । पहिरोले वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरेको छ । २८ जना बेपत्ता भएका छन् । पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । डिएसपी सापकोटाका अनुसार हालसम्म ११ वटा घरमा क्षति पुगेको जानकारी प्राप्त भएको छ ।घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।सभामुख अग्नि सापकोटासहितको टोली पनि आजै बिहान स्थलमार्गबाट पहिरो प्रभावित क्षेत्रमा पुगेका छन् ।

प्रकाशित : २०७७ भदौ २८ गते १०:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI