जिल्लामा पिसिआर ल्याब स्थापना गर्न काङ्ग्रेस नवलपुरको माग

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २८ गते १६:१४
जिल्लामा पिसिआर ल्याब स्थापना गर्न काङ्ग्रेस नवलपुरको माग

कावासोती । नेपाली काङ्ग्रेस नवलपुरले तत्काल जिल्लामा पिसिआर ल्याबको स्थापना गर्न माग गरेको छ ।

गण्डकी प्रदेश सभा सदस्य समेत रहेका नेपाली काङ्ग्रेस नवलपुरका सभापति विष्णुप्रसाद लामिछानेले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल जिल्लामा पिसिआर ल्याबको स्थापना गर्न माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन ।

पिसिआर टेस्ट र त्यसको नतिजाको पर्खाईबाट आम जिल्ला बासी अत्यन्तै पीडित र दुखित छ्न, परिक्षण कार्य सहज नहुदा समुदायलाई यस्ले त्रसित र आतंकित बनाएको लामिछाने द्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

यस्तै विज्ञप्तिमा जिल्लामा पिसिआर टेस्टको व्यवस्था गर्न नागरिक स्तरबाट दबाब आईरहेको हुदा तत्काल पिसिआर टेस्टको मेसिनरी तथा अन्य प्राविधिक व्यवस्था मिलाउन सम्बन्धित निकाय को ध्यानाकर्षण गराउदै जोडदार माग गरिएको छ ।

प्रकाशित : २०७७ भदौ २८ गते १६:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI