महेन्द्र स्मारक आधारभूत विद्यालयबाट साढे २ लाख बराबरको चोरी

गैँडाकोट
प्रकाशित : २०७७ भदौ २९ गते ११:४६
महेन्द्र स्मारक आधारभूत विद्यालयबाट साढे २ लाख बराबरको चोरी

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. २ शिलन्यास चोकमा अवस्थित महेन्द स्मारक आधारभूत विद्यालयबाट करिव साढे २ लाख रुपैया बराबरको कम्प्युटर र प्रोजेक्टर चोरी भएको छ । गएराति अज्ञात समुहले चार थान कम्प्युटर र १ थान प्रोजेक्टर चोरी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गैँडाकोट २ का वडा अध्यक्ष धुव्रराम पौडेलले बताउनु भयो ।

 

 


पौडेलका अनु्सार विद्यालयको हलकोठामा राखिएका ७ वटा कम्प्य्टर मध्ये ४ थान कम्प्युटर चोरी भएका छन । त्यसैगरी विद्यार्थीहरुलाई पठनपाठनकै क्रममा प्रयोगमा ल्याइएको प्रोजेक्टर समेत चोरहरुले लगेका छन । घटनाको प्रकृति हेर्दा ताला लगाइएको कोठामा चोरहरुले ढोकाको पल्ला उप्काएर भित्र प्रवेश गरेको देखिएको छ । 
ईलाका प्रहरी कार्यालय गैँडाकोटबाट करिव ४ सय मिटरको दुरीमा रहेको सो विद्यालय बाक्लो बस्तीकै विचमा छ । घटनाको सम्वन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ भदौ २९ गते ११:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI