थप ८ सय ७९ जना कोरोना संक्रमित संक्रमणमुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २९ गते १६:३७

काठमाडौं– पछिल्लो २४ घन्टामा थप ८ सय ७९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सँगै नेपालमा  ३९ हजार ५ सय ७६ जना संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार आज १० हजार ८ सय ७८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ८ लाख ५१ सय हजार ४ सय ५ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ हजार ८ सय ९२ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १५ हजार  ३ सय ९३ रहेको छ।

प्रकाशित : २०७७ भदौ २९ गते १६:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI