राष्ट्रिय बाल दिवसको अवसरमा नवलपुरमा चित्रकला र निबन्ध प्रतियोगिता सप्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २९ गते १७:११
राष्ट्रिय बाल दिवसको अवसरमा नवलपुरमा चित्रकला र निबन्ध प्रतियोगिता सप्पन्न

कावासोती । राष्ट्रिय बाल दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरको आयोजना र शिक्षाका पेसागत संस्थाहरुको समन्वयमा जिल्ला स्तरीय चित्रकला तथा निबन्ध प्रतियोगिता आईतबार सम्पन्न भएको छ ।

कक्षा १-५ का विद्यार्थी सहभागी भएको चित्रकला प्रतियोगितामा कुमारवर्ती आधारभुत विद्यालय देवचुली-१३ कक्षा ४ कि भिमसरा गाहामगर प्रथम, नेक्सस मन्टेश्वरी ई.बो स्कुलदेवचुली-१३ कक्षा ४ कि निकिता शर्मा द्वितीय र प्रतिभा ई.बो.स्कुल बौदिकाली डेडगाउँ कक्षा ४ का सरोज बि.क तृतीय भएका छ्न ।

यस्तै कक्षा ६-१० का विद्यार्थीहरुका लागि आयोजना गरिएको “विपतमा बाल अधिकारको सुनिश्चितता: हामी सबैको साझा प्रतिबद्धता” विषयक निबन्ध प्रतियोगितामा भिमसेन आदर्श मा.बि देवचुली-७ कक्षा १० का आदर्श भुसाल प्रथम , कुमारवर्ती आधारभुत विद्यालय देवचुली-१३ कक्षा ८ कि कामना आचार्य द्वितीय र लक्ष्मी मा.बि गैंडाकोट-१५ का खेमराज आचार्य तृतीय भएका छ्न ।

आज( आईतवार ) राष्ट्रिय बाल दिवस देशै भरी “विपतमा बाल अधिकारको सुनिश्चितता: हामी सबैको साझा प्रतिबद्धता” भन्ने नाराका साथ विविध भर्चुअल कार्यक्रम गरि मनाईएको छ ।

ईमेल मार्फत चित्र र निबन्ध पठाउन यस अघि नै विद्यालयहरुलाई पत्राचार गरिएको र प्राप्त चित्र र निबन्धको मुल्यांकन गरि बाल दिवसको दिन नतिजा सार्वजनिक गरिएको शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले जानकारी दिएका छ्न ।

प्रकाशित : २०७७ भदौ २९ गते १७:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI