No ads found for this position

सामाजिक सञ्जालमा सहीभन्दा छ गुणा छिटो फैलिन्छन् फेक न्युज !

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १ गते १७:०७
No ads found for this position
सामाजिक सञ्जालमा सहीभन्दा छ गुणा छिटो फैलिन्छन् फेक न्युज !
No ads found for this position

काठमाडौं । के तपाईं सामाजिक सञ्जालमा देखेका सबै कुराहरु पत्याउनुहुन्छ ? फेसबुक, ट्वीटर, इन्स्टाग्राम जस्ता माध्यममा जे देख्नुहुन्छ, के त्यसलाई क्रश चेक पनि गर्नुहुन्छ ?

यस सम्बन्धमा भएको एक अध्ययनले एउटा आश्चर्य चकित पार्ने तथ्य उजागर गरेको छ ।नेटफ्लिक्समा हालै मात्र आएको एक डकुमेन्ट्रीले सन्दर्भलाई सतहमा ल्याएको हो ।

जसमा सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरुले कसरी काम गर्छन् र प्रयोगकर्तालाई उनीहरु कसरी म्यानुपुलेट गर्छन् अनि आफ्नो सेवालाई तोडमोड गरेर आफ्ना बिक्रेताको व्यवसाय कसरी बढाउनछन् भन्ने देखाइएको छ ।

‘द सोसल डिलेमा’ शीर्षकमा आएको यो डकुमेन्ट्री अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका शोधकर्ताले सन् २०१८ मा गरेको अध्ययनमा आधारित रहेको बताइएको छ ।

म्यानिपुलेसनको एजेन्टको भूमिकामा सामाजिक सञ्जाल

चुनावलाई प्रभावित पार्ने र महामारी सम्बन्धमा गलत भ्रम फैलाउने अहिलेको सन्दर्भमा साइन्स म्यागेजिनमा प्रकाशित भएको यो अध्ययन झनै सान्दर्भिक बनेको छ । अध्ययन सार्वजनिक हुँदा यसका सह लेखक सिनान अरलले यसमा प्राप्त नतिजा निकै चकित पार्ने किसिमको रहेको उल्लेख गरेका थिए ।

अब यो तथ्यबाट सामाजिक सञ्जालमा दिनहुँ शेयर हुने धेरैजसो समाचार नक्कली र भ्रामक हुने स्पष्ट भएको छ । सामाजिक सञ्जालमा शेयर हुने समाचार सामग्री झुटा मात्रै होइन, यस्ता फेक न्युज (झुटा समाचार) सही न्युज (सत्य समाचार) तुलनामा छ गुणा छिटो फैलिने गरेका छन् ।

दुई वर्ष लगाएर गरिएको यो अध्ययनले सही र झुटा समाचार फैलिन गतिको विषयमा अध्ययन गरेको थियो । अध्ययनमा दाबी गरिएअनुसार सबै प्रकारका झुटा कथाहरु सत्यको तुलनामा तीव्र रुपमा फैलिने र यीनले पार्ने असर समेत गहिरो हुने गरेको छ ।

अनुसन्धानपत्रका सह लेखकले अगाडि भनेका छन्, ‘यो मलाई निकै हैरान बनाउने किसिमको लागेको छ । अध्ययनमा समेटिका सामाजिक सञ्जालका सामग्री सामग्री सही हुन् वा गलत भन्ने कुरा यकिन गर्न विभिन्न छ वटा फ्याक्ट चेकिङ संघ संगठनको सहयोग लिइएको थियो ।

अध्ययन अनुसार अन्य खबरको तुलनामा राजनीतिसँग जोडिएका झुटा समाचार झनै व्यापक रुपमा फैलिने गरेका छन् । अन्य गलत जानकारीको तुलनामा समेत यस्ता खबरहरु झन् छिटो भाइरल हुने गर्दछन् ।

अध्ययनबाट यो तथ्य पनि बाहिर आएको छ कि मानिससँगै बोट्स (सफ्टवेयर तथा मसिन) ले समेत यस किसिमका फेक न्युज फैलाउने गरेका छन् । यद्यपी मानिसहरुबाट नै फेक न्युजहरु फैलिने सम्भावना बढी हुने गर्दछ ।

सामाजिक सञ्जालमा यस्ता बोट्सले स्वचालित रुपमा म्यासेज तयार पार्दछन् । जसले मानिसले जस्तै अकाउण्टलाई फलो गर्ने, रिप्लाई गर्ने र शेयर गर्ने जस्ता कामहरु गर्दछन् ।

एजेन्सीको सहयोगमा ।

प्रकाशित : २०७७ असोज १ गते १७:०७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI