काङ्ग्रेस नवलपुरको कोभिड-१९ संक्रमण सूचना संयोजकमा सुरज गुरुङ

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ३ गते १८:४४
काङ्ग्रेस नवलपुरको कोभिड-१९ संक्रमण सूचना संयोजकमा सुरज गुरुङ

कावासोती । नेपाली काङ्ग्रेसको केन्द्रिय कोभिड-१९ अनुगमन समितिले नवलपुरमा कोभिड-१९ संक्रमण सूचना संयोजकमा नवलपुर काङ्ग्रेसका युवा नेता सुरज गुरुङलाई जिम्मेवारी दिएको छ ।

काङ्ग्रेस सहमहामन्त्री एवं नेपाली काङ्ग्रेसको कोभिड-१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतका अनुसार देश भित्र कोभिड १९ ले पारेको असरको सम्बन्धमा कोभिड-१९ अनुगमन समितिलाई नियमित रुपमा सूचना र जानकारी दिन नवलपुर सहित सबै जिल्लामाहरुमा कोभिड-१९ संक्रमण सूचना संयोजक तोकेको हो ।

सूचना संयोजकलाई जिल्लामा कोभिड-१९ संक्रमणको स्थिति परिक्षणको अवस्थामा , आईसोलेसन र क्वारेन्टाइनको सुविधा र मापदण्ड , कोरोना संक्रमितको लागि अस्पतालको स्थिति स्वास्थ्य सामाग्री र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यवस्था, विभिन्न समयमा भएका र हुन सक्ने लकडाउन र निषेधाज्ञाले पारेको र पार्न सक्ने आर्थिक र सामाजिक अवस्थाको मूल्याकंन र सुचना केन्द्रलाई जानकारी गराउने लगाएतका कार्यक्षेत्र रहने गरि जिम्मेवारी तोकिएको महतले बताए ।

पछिल्लो समय कोभिड-१९ संक्रमण बढे पछि यसले पारेको प्रभावको विषयमा निरन्तर सामाजिक संजाल र सन्चार माध्यमबाट सरकार र सरोकारवाला को ध्यानाकर्षण गराउदै आएका गुरुङ कावासोती नगरविकास समितिका पुर्व अध्यक्ष एवं काङ्ग्रेसका जिल्ला स्तरका नेता हुन ।

 

 

प्रकाशित : २०७७ असोज ३ गते १८:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI