आईपीएल : पहिलो पटक खाली स्टेडिमयमा म्याच

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ३ गते १९:३६
आईपीएल : पहिलो पटक खाली स्टेडिमयमा म्याच

आईपीएलको १३औँ सीजनको पहिलो म्याच डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स (सीएसके) बीच केही बेरमा अबुधाबीमा हुँदै छ ।

प्रतियोगिताको इतिहासमा यो चौथो पटक दुवै टीमले ओपनिङ म्याच खेल्न लागेका छन् । दुवै टीमबीच अहिलेसम्म भएका तीन ओपनिङ म्याचमा दुई पटक मुम्बई इन्डियन्स र एक पटक सीएसके विजयी भएका छन् ।

आईपीएलको फाइनल खेल दीपावलीको चार दिनअघि अर्थात् १० नोवम्बरमा हुनेछ । यसबीचमा ५३ दिनमा आठ टीमले १४-१४ म्याच खेल्ने छन् । प्रतियोगितामा एक एलिमिनेटर, दुई क्वालिफायर र फाइनलसमेत ६० म्याच हुनेछन् । दुबईमा २४, अबुधाबीमा २० र शारजाहमा १२ म्याच हुने तय भएको छ ।

सम्भवत: यो पहिलो पटक हुन सक्छ विनादर्शक यति ठूलो खेल प्रतियोगिता हुन लागेको । यो भारतीय क्रिकेटका लागि पनि ठूलो परीक्षाको हुन सक्ने आंकलन गरिएको छ । भारतले विनादर्शक कुन तरिकाले क्रिकेटलाई प्रोत्साहित गर्न सक्छ भनेर पनि धेरैले उत्सुक्ताका साथ आइपीएलको प्रतीक्षा गरेका छन् ।

अर्को कुरा, कोरोना महामारीका कारण कुनै पनि क्रिकेटरले पछिल्लो सात महिनादेखि क्रिकेट म्याच खेल्न पाएका छैनन् । उनीहरूले यस्तो अवस्थामा कुसलतापूर्व खेल्नका लागि अझ बढी मिहिनेत गर्नुपर्ने हुन्छ ।

प्रकाशित : २०७७ असोज ३ गते १९:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI