रायडु र डुप्लेसिस चम्किदा उदघाटन खेलमा चेन्नईको जित

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ३ गते २३:४५
रायडु र डुप्लेसिस चम्किदा उदघाटन खेलमा चेन्नईको  जित

आईपीएल टि-२० को उद्घाटन खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सले रोहित शर्मा कप्तानीको डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्सलाई ५ विकेटले पराजित गरेको छ।

युएईको अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा मुम्बईले दिएको १६३ रनको लक्ष्य चेन्नाईले ५ विकेट गुमाएर १९.२ ओभरमा पुरा गरेको हो। मुम्बईले लगातार आईपीएलको आठौँ सिजनमा आफ्नो पहिलो खेलमा हार बेहोरेको छ।

चेन्नाईको लागि अम्बाती रायडुले सर्वाधिक ७१ रन बनाए जुन क्रममा ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै फाफ डु प्लेसिसले अविजित ४४ बलमा ६ चौका प्रहार गर्दै ५८ रन बनाए।

रायडुले सर्वाधिक ७१ रन बनाए

लक्ष्य पछ्याउने क्रममा ओपनर मुरली विजय १ तथा शेन वाटसन ४ रन बनाएर आउट भएपछि तेश्रो विकेटको लागि फाफ डु प्लेसिस र अम्बाती रायडुले शतकीय साझेदारी गरेका थिए। १६ औं ओभरमा रायडुलाई राहुल चाहरले आफै द्वारा क्याच आउट गर्नु अघि उनले ६/२ को अवस्थाबाट १२१/३ को अवस्थामा पुर्याएका थिए। रायडुको विकेट पछि डुप्लेसिसले एक किनार अन्तिमसम्म सम्हाली रहे।

जडेजाले ५ बलमा २ चौका मद्दतले १० रन तथा स्याम करनले ६ बलमा २ छक्का र १ चौका मद्दतले १८ रन बनाए पछि अन्तिममा चेन्नाईको जित सहज बन्यो। धोनी खाता नखोली अविजित रहे।

मुम्बईको बलिंगमा ट्रेन्ट बोल् ( ३.२-०-२३-१ ) , जेम्स प्याटिन्सन ( ४-०-२७-१ ) , जस्प्रित बुम्राह ( ४-०-४३-१ ) , क्रुनाल पान्ड्या ( ४-०-३७-१ ) र राहुल चाहर ( ४-०-३६-१ ) ले समान १/१ विकेट लिए।

मुम्बईको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको थियो।

मुम्बईको लागि सौरभ तिवारीले सर्वाधिक ४२ रन ( ३१ बलमा ३ चौका र १ छक्का ) , क्विन्टन डीककले ३३ ( २० बलमा ५ चौका ) बनाए। काइरन पोलार्डले १८, सुर्य कुमार यादवले १७, हार्दिक पान्ड्याले १४, रोहित शर्माले १२ रन बनाए।

एनगीडीले सर्वाधिक ३ विकेट लिए

पहिलो विकेटको लागि रोहित र डीककले ४.४ ओभरमा ४६ रनको साझेदारी गरेका थिए। रोहितलाई पियुष चावला तथा डीककलाई स्याम करनले आउट गरे। तेश्रो विकेटको लागि सुर्यकुमार यादव र सौरभ तिवारीले ४४ रनको साझेदारी गरे। यादवलाई चाहरले आउट गरेर साझेदारी तोडे। त्यसपछि मुम्बईले लगातार विकेट गुमायो जुन क्रममा १५ औं ओभरमा रभीन्द्र जडेजाले सौरभ र हार्दिक दुवैलाई पेभेलियन फर्काए। त्यसपछि काइरन पोलार्ड, क्रुनाल पान्ड्या र जेम्स प्याटिन्सनलाई लुंगी एनगीडीले पेभेलियन फर्काए।

चेन्नाईको बलिंगमा लुंगी एनगीडीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३८ रन खर्चिए। रभीन्द्र जडेजा ( ४-०-४२-२ ) र दिपक चाहर ( ४-०-३२-२ ) ले समान २ विकेट लिए। स्याम करन ( ४-०-२८-१ ) र पियुष चावला ( ४-०-२१-१ ) ले समान १/१ विकेट लिए।

लिग अन्तर्गत दोश्रो खेलमा आइतबार दिल्ली क्यापिटल्सले किंग्स-११ पन्जाबसंग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय ७:४५ बजे सुरु हुनेछ।-विकेट नेपाल

प्रकाशित : २०७७ असोज ३ गते २३:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI