No ads found for this position

रणबीर कपुरको साथमा आलिया भट्ट नदेखिएपछि…

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ४ गते १७:५९
No ads found for this position
रणबीर कपुरको साथमा आलिया भट्ट नदेखिएपछि…
No ads found for this position

एजेन्सी, ४ असोज । आलिया भट्ट र रणबीर कपुर बलिउडका हट कपल्स हुन् । दुवैजना प्राय एकसाथ देखिन्छन् । हालैमात्र रणबीरको वाट्सअप डिपीलाई लिएर एक जानकारी बाहिर आएको छ । अभिनेता रणबीरले दुई वटा फोटो सेयर गरेका छन् ।

एकमा रणबीर आफ्नो ममी र पापाको साथमा छन् । दोस्रो फोटोमा आफुले पालेको कुकुरको तस्वीर राखेका छन् । रणबीरले आलियासँगको फोटो नराखेकोमा साथीहरुले प्रश्न उठाइरहेका छन् ।

समाचारका अनुसार आलिया केही महिना अघि भेटिएकी थिइन् । त्यो समयमा आलियाको फोन वालमा रणबीर र उनको तस्वीर थियो । त्यो तस्वीर रणबीरको नाता पर्ने अरमान जैनको रिसेप्सनमा सहभागी हुँदाको थियो ।

आलिया र रणबीरको जोडीलाई सबैले धेरै मन पराएका छन् । रणबीरको विवाह मिती तोकिदै छ । ब्रहास्त्र फिल्मको सुर्टिङको कारण विवाहको मिती अगाडी बढ्न सकेको छैन । कोरोना भाइरसको कारण पनि विवाह पछाडी धकेलिदै आएको छ ।

रणबीरको परिवारले पनि आलियालाई मन पराएको छ । केही समय पहिले आलियाको बाबा महेश भट्टले रणबीर र आलियाले एक अर्कालाई माया गरेको खुलाशा गर्दै रणबीर आफुलाई पनि मन पर्ने र राम्रो व्यक्ति भएको प्रतिक्रिया दिएका थिए ।

आलिया फिल्म ब्रहास्त्र मा रणबीर कपुरको साथमा देखिनेछिन् । यो फिल्म क्रिसमसमा रिलिज हुने भने ता पनि केही समय पछाडी रिलिज हुनेछ ।

प्रकाशित : २०७७ असोज ४ गते १७:५९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI