अनसनरत डा. केसीको रोगप्रतिरोधात्मक क्षमता कम, संक्रमणको खतरा

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ४ गते १८:१८
अनसनरत डा. केसीको रोगप्रतिरोधात्मक क्षमता कम, संक्रमणको खतरा

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य जटिल भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार विज्ञप्ति निकालेर डा. केसीले परीक्षण गर्न नमानेकाले स्वास्थ्यमा समस्या देखिएको बताएको हो ।

रगतमा चिनीको मात्रा कम भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन थालेको, रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जुम्लाको चन्दननाथ- ६, रानीचौरमा रहेको बाबिरा मन्दिरमा अनसन बसेका डा. केसीलाई शनिबार राति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको हो । डा. केसीले माग पूरा नभएसम्म उपचार नगर्ने अडान राखेका छन् ।

प्रकाशित : २०७७ असोज ४ गते १८:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI