कावासोतीमा होम आईसोलेसनमा बसेकाहरुलाई मनोपरामर्श सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ४ गते २०:१७
कावासोतीमा होम आईसोलेसनमा बसेकाहरुलाई मनोपरामर्श सुरु
संक्रमितको परिवारका सदस्यलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिदै

कावासोती । कावासोती नगरपालिकामा कोरोना संक्रमण भएर होम आईसोलेसनमा बसेकाहरुको लागि मनोपरामर्श सुरु भएको छ ।

कोरोना संक्रमणमुक्त भएका पत्रकारहरु, सागर पोख्रेल, अर्जुन अविरल सन्चार उद्यमी भरत पोख्रेलले संक्रमण भई होम आईसोलेसनमा बसेकाहरुको घरमा नै पुगेर मनोपरामर्श र स्वास्थ्य सचेतना सुरु गरेका हुन ।

आईतवारको पहिलो दिनको अभियानमा पाँच जना संक्रमितको घरमै पुगेर संक्रमितहरुलाई कोरोना सम्बन्धित आफ्ना अनुभव , संक्रमण मुक्त हुने उपाय र आत्मबल बढाउने कुरा होम आईसोलेसनमा बसेकाहरुलाई परामर्श गर्दै सिकाईएको अभियन्ता पत्रकार सागर पोख्रेलले बताए ।

अभियानको सुरु गर्ने घोषणा गरे पछि कावासोती नगरपालिकाले पनि यो अभियानलाई सहयोग गर्ने घोषणा गरेको छ ।

आइतबारको पहिलो दिनको अभियानमा कावासोती नगरपालिकाका उपप्रमुख एवं विपत व्यवस्थापन समितिका संयोजक प्रेमशंकर मर्दनिया, विपत व्यवस्थापन समितिका सदस्य एवं कावासोति-११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारी सहितको उपस्थिति रहेको पत्रकार पोख्रेलले बताए ।

सोमबारदेखि अभियानमा संक्रमण मुक्तभएका अर्का पत्रकार रमेश बस्ताकोटी र काङ्ग्रेस जिल्ला सचीव बालकृष्ण घिमिरे पनि सहभागी हुने बताईएको छ ।

प्रकाशित : २०७७ असोज ४ गते २०:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI