कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बर्दघाट नगरपालिकामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ४ गते २१:५१
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बर्दघाट नगरपालिकामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

प्रकाश न्यौपाने/नवलपरासी । नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण भएपछि  नगरपालिकाको  अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द भएको छ । नगरपालिकाले आज एक सुचना जारी गर्दै अत्यावस्याक बाहेकका अन्य सेवाहरु बन्द गरेको जनाएको छ ।

नगरपालिकाका कर्मचारी तथा कर्मचारीका परिवारमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङका क्रममा केहि जनप्रतिनिधि  र कर्मचारीहरुको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको र पिसिआर रिपोर्ट आई अर्को सुचना जारी नहुँदा सम्मका लागि असोज ४ गते देखि नगरपालिकाको कार्यालयबाट प्रबाह हुने अत्यावसेक बाहेका सेवाहरु स्थगन गरिएको सुचनामा उल्लेख छ । यस अवधीमा वडा कार्यालय संगै नगरपालिका माताहतका अन्य कार्यालयको सेवा भने यथावत रुपमै संचालन हुने कार्यकारी प्रमुख मेधनाथ पाध्यले जानकारी दिनु भयो ।

प्रकाशित : २०७७ असोज ४ गते २१:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI