No ads found for this position

नवलपुरमा तत्काल पिसिआर ल्याब स्थापना गरियोस : नेता नेपाली

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ५ गते १६:०६
No ads found for this position
नवलपुरमा तत्काल पिसिआर ल्याब स्थापना गरियोस : नेता नेपाली
kf]v/f, @& h]7 -/f;;_ M u08sL k|b]z;efsf] a}7sdf af]Nb} k|d'v k|ltkIfL bn g]kfnL sfFu|]; ;+;bLo bnsf g]tf s[i0frGb| g]kfnL . t:jL/ M jf;'b]j kf}8]n
No ads found for this position

नवलपुर । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले नवलपुरका जनता कोरोना परिक्षण र उपचारको लागि अन्य जिल्ला जानू परेको र पोखरा बाट समयमै रिपोर्ट उपलब्ध हुन नसकेको हुँदा तत्काल जिल्लामा पिसिआर मेसिन सहितको ल्याबको स्थापना गरि जिल्लामा परिक्षण र उपचारको व्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छ्न ।

गण्डकी प्रदेश सभाको आजको बैठकलाई सम्बोधन गर्दै नेता नेपालीले यस्तो बताएका हुन । प्रदेश सभामा सम्बोधन गर्ने क्रममा नेपालीले बागलुङ जिल्लाको धौलागिरी अस्पतालमा पनि पिसिआर ल्याब स्थापना गरि परिक्षणको व्यवस्था मिलाउन र यस अस्पताललाई उप प्रादेशिक अस्पताल बनाउन सरकारको ध्यानाकर्षण गराएका छ्न ।

बैठकलाई सम्बोधन गर्दै नेता नेपालीले बिस्तारै लकडाउन खुकुलो हुँदै गएको र सार्वजनिक सवारी साधन र आन्तरिक हवाई उडान सुरु भएको र दशै तिहार जस्ता ठुला चाडपर्व सुरु हुन लागेको अवस्थामा भिडभाड बढ्ने निश्चित रहेको र यसले कोरोना नियन्त्रणमा थप चुनौती निम्ताउन सक्ने भन्दै तत्काल ५० हजार जनाको परिक्षण गर्न आवश्यक भिटिएम लगाएतका स्वास्थ्य सामाग्रीको तत्काल व्यवस्थापन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छ्न ।

यसै गरि नेता नेपालीले कोरोना संक्रमण भएका बिरामीहरुका लागि यान्त्रिक रुपमा अक्सिजन दिनु पर्ने हुदा प्रदेश अन्तरगतका ११ वटै जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छ्न ।

संसद बैठकमा बोल्दै नेता नेपालीले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम सन्चालन गर्न प्रदेश सरकारले बनाएको कार्यविधिले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित संसदहरुलाई दोयम दर्जाको रुपमा व्यवहार भएको प्रती गम्भीर असहमति राख्दै तत्काल कार्यविधि संशोधन गर्न पनि माग गरेका छ्न ।

बैठकमा नेता नेपालीले प्रदेश अन्तर्गतका जिल्ला अस्पतालहर , पोखरा लेखनाथमा रहेको सरुवा रोग अस्पताल, प्रादेशिक प्रयोगशालाको स्तरोन्नति , अस्पतालमामा दक्ष चिकित्सक र जनशक्ति थप गर्न पनि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन ।

बैठकमा नेता नेपालीले कोरोना संक्रमणलाई रोक्न सरकार सँग आफुहरु हातेमालो गर्न तयार रहेको भन्दै सरकार प्रतिपक्षको माग पूरा गर्न सकारात्मक नदेखिए संसद अवरुद्ध गर्ने चेतावनी पनि दिएका छन ।

कोरोना संक्रमण बढदै गए पछि झन्डै एक महिना अगाडि बाट रोकिएको संसदको वर्षे अधिवेशन आज बाट सुरु भएको छ ।

 

प्रकाशित : २०७७ असोज ५ गते १६:०६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI