२४ घण्टामा १००५ जना व्यक्ति संक्रमणमुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ५ गते १६:४०

काठमाडौं- पछिल्लो २४ घण्टामा थप एक हजार ५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा  ४७ हजार २ सय ३७ जना संक्रमित  उपचारपछि निको भएका छन्।

आज मन्त्रालय दिएकाे जानकारी अनुसार ९ हजार ५ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ९ लाख २३ सय हजार ८ सय २३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ७ हजार ४ सय ३ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १७ हजार  ६ सय ११ रहेको छ।

प्रकाशित : २०७७ असोज ५ गते १६:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI