बैंगलोरको पहिलो जितमा चाहलको उत्कृस्ट बलिंग

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ५ गते २३:५७
बैंगलोरको पहिलो जितमा चाहलको उत्कृस्ट बलिंग

युएईमा जारि आईपीएल २०२० अन्तर्गत तेश्रो खेलमा बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गर्ने क्रममा सनराइजर्स हैदरावादलाई १० रनले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिंग गर्दै बैंगलोरले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो।

एक समय १२१/२ को अवस्थामा रहेको हैदरावादले त्यसपछि लगातार विकेट गुमाउन पुग्यो र थप ३२ रन बनाउदा सबै विकेट गुमाउन पुग्यो।

हैदरावादको लागि ओपनर जोनी बेयरस्टोले सर्वाधिक ६१ रन बनाए। ४३ बलमा उनले ६ चौका र २ छक्का प्रहार गरे। यस्तै मनिष पाण्डेले ३४ तथा प्रियम गर्गले १२ रन बनाए। ओपनर डेभिड वार्नरले ६ रन बनाए भने विजय शंकरले खाता खोल्न सकेनन्। अभिषेक शर्माले ७ रन बनाए।

यस अघि ओपनर डेभिड वार्नर दुर्भाग्यपूर्ण रुपमा दोश्रो ओभरमा रन आउट भए। त्यसपछि दोश्रो विकेटको लागि ओपनर बेयरस्टोले मनिष पाण्डेसंग ७१ रनको साझेदारी गरे। पाण्डेलाई १२ औं ओभरमा युझभेन्द्र चाहलले क्याच आउट गराएर साझेदारी तोडे। बेयरस्टोले त्यसपछि प्रियम गर्गसंग ३२ रनको साझेदारी गरे।

बेयरस्टोको विकेट पछि हैदरावादले लगातार विकेट गुमाउन पुग्यो

१२१/२ को अवस्थामा १६ औं ओभरमा युझभेन्द्र चाहलले क्रिजमा डटिरहेका बेयरस्टो र विजय शंकरलाई दोश्रो र तेश्रो बलमा आउट गर्दै बैंगलोरलाई खेलमा फर्काए। दुवैलाई चाहलले बोल्ड गरे। लगत्तै ओभरमा १२ गर्गलाई शिभम दुबेले बोल्ड गरे। त्यसपछि हैदरावादले लगातार विकेट गुमायो। अभिशेक शर्मा रन आउट भए भने नवदीप सैनीले १८ औं ओभरमा भुवनेश्वर कुमार र राशिद खानलाई आउट गरे।

बैंगलोरको बलिंगमा लेग स्पिनर युझभेन्द्र चाहलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १८ रन मात्र खर्चे। फास्ट बलर शिभम दुबे ( ३-०-१५-२ ) र नवदीप सैनी ( ४-०-२५-२ ) ले समान २ विकेट लिए।डेल स्टेनले १ विकेट ( ३.४-०-३३-१ ) लिए। उमेश यादव विकेटविहिन रहंदा ४ ओभरमा ४८ रन खर्चिए।

पडीक्कल र डी भिल्लीयर्सको अर्धशतक 

पहिलो इनिंगमा बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो।

बैंगलोरको ब्याटिंगमा ओपनर देभदत्त पडीक्कल र ए बि डी भिल्लीयर्सले अर्धशतक बनाए। लिगमा डेब्यु गरिरहेका बायाँ हाते पडीक्कलले अर्धशतक बनाउने क्रममा ४२ बलमा ८ चौका मद्दतले ५६ रन बनाए। डी भिल्लीयर्सले लिगमा ३४ औं शतक बनाउने क्रममा ३० बलमा ४ चौका र २ छक्का मद्दतले ५१ रन बनाए। आरोन फिन्चले २९, कप्तान बिराट कोहलीले १४ तथा शिभम दुबेले ७ रन बनाए।

डी भिल्लीयर्सले ३० बलमा ५१ रन बनाए

उत्कृस्ट सुरुवात गरेको बैंगलोरको लागि ओपनर देभदत्त पडीक्कल र आरोन फिन्चले ९० रनको साझेदारी गरेका थिए। पडीक्कललाई ११ औं ओभरमा विजय शंकरले बोल्ड गर्दै साझेदारी तोडेका थिए। लगत्तै ओभरमा आरोन फिन्चलाई अभिसहेक शर्माले एलबिडब्लु आउट गरे। तेश्रो विकेटको लागि कप्तान कोहली र डी भिल्लीयर्सले ३३ रनको साझेदारी गरे। कोहलीलाई देब्रे हाते ब्याट्सम्यान टि. नटराजनले १६ औं ओभरमा क्याच आउट गरे। ठुलो सट खेल्ने चक्करमा कोहली लंग अनमा समातिन पुगे। त्यसपछि चौथो विकेटको लागि डी भिल्लीयर्सले शिभम दुबेसंग ३९ रनको साझेदारी गरे। डी भिल्लीयर्स अन्तिम ओभरमा रन आउट हुन पुगे।

लिग डेब्युमा देभदत्त पडीक्कलले अर्धशतक बनाए

हैदरावादको बलिंगमा टि नटराजन ( ४-०-३४-१ ) , विजय शंकर ( १.२-०-१४-१ ) र अभिसहेक शर्मा ( २-०-१६-१ ) ले समान १/१ विकेट लिए। भुवनेश्वर कुमारले ४ ओभरमा २५ रन खर्चे पनि विकेट लिन सकेनन्। फास्ट बलर मिचेल मार्शले ४ बल मात्र गरेपछि घाइते हुँदा मैदान बाहिरिएका थिए।-wicket nepal बाट

प्रकाशित : २०७७ असोज ५ गते २३:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI