अनिद्राबाट बच्न स्वस्थ दैनिकी

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ६ गते २१:२३
अनिद्राबाट बच्न स्वस्थ दैनिकी

.शारीरिक र मानसिक स्वास्थ्यका लागि पर्याप्त निद्रा अत्यावश्यक छ । लकडाउनको समयमा अधिकांश मानिस घरमै छन् । तर, राति अबेर सुत्ने र बिहान ढिलो उठ्ने अनि दिउँसो पनि सुत्ने बानीले धेरैको निद्रा अनियमित भएको छ।

. चिकित्सकका अनुसार महामारीको डरका कारण तनाव र एन्जाइटीको समस्याका बिरामी बढेका छन्, जसले अनिद्राको समस्या निम्त्याएको छ । यतिवेला मानिसलाई स्वस्थ रहन अत्यावश्यक छ । र, रोग प्रतिरोधी क्षमता बढाउन पर्याप्त निद्रा आवश्यक छ।

अनिद्राले शारीरिक र मानसिक रूपमा मानिसलाई कमजोर बनाउँछ । त्यसको सीधा असर प्रतिरक्षा प्रणालीमा पर्छ।

. अनिद्राले शारीरिक र मानसिक रूपमा मानिसलाई कमजोर बनाउँछ । त्यसको सीधा असर प्रतिरक्षा प्रणालीमा पर्छ । अर्थात्, कोरोना भाइरसको संक्रमणबाट शरीरलाई बचाउन पर्याप्त निद्रा आवश्यक छ।

. भौतिक दूरी, रोग प्रतिरोधी क्षमता बढाउने खानपान र सरसफाइजत्तिकै अत्यावश्यक छ, निद्रा पनि।

. अंग्रेजीमा इन्सोम्निया भनिने अनिद्रा शयन डिसअर्डर हो । अनिद्रा धेरै सातासम्म रहन सक्छ । तर, सातामा तीन रातभन्दा बढी यस्तो समस्या देखिए चिकित्सकको परामर्श लिइहाल्नुपर्छ।

. प्रारम्भिक चरणको अनिद्रा अन्य कुनै रोग र शारीरिक अवस्थासँग सम्बन्धित हुँदैन । तर, दोस्रो चरणमा प्रवेश गरिसकेको अनिद्राले दम, डिप्रेसनलगायत रोगको संकेत पनि गरेको हुन्छ।

. नियमित दैनिकी अवरुद्ध हुँदा मानिसमा तनाव बढेको छ । लामो समय घरमै बस्नुपर्ने बाध्यताले छटपटी हुने गर्छ । त्यसले एन्जाइटीको समस्या बढाएको छ।

. यस्तो वेलामा अनिद्राबाट बच्न घरमै निश्चित तालिका बनाउन सकिन्छ । त्यसरी तालिका बनाउँदा समय बिताउन सहज हुन्छ । र, आफूलाई व्यस्त राख्ने प्रयास गर्दा तनाव घटाउन मद्दत पुग्छ।

. राम्रो निद्राका लागि दिउँसो घरभित्रै शारीरिक व्यायाम उपयुक्त विकल्प हुन सक्छ । अन्य प्रकारका शारीरिक समस्याबाट बच्न पनि व्यायामले सहयोग पु-याउँछ । राति सुत्नुअघि भने व्यायाम गर्नु हुँदैन । त्यसले उल्टै निद्रा खल्बल्याउँछ।

. अनिद्राको अर्को मुख्य कारण सामाजिक सञ्जालको अत्यधिक प्रयोग पनि हो । सामाजिक सञ्जालमा आउने नकारात्मक समाचार र विचारले मस्तिष्कमा गहिरो प्रभाव पारिरहेका हुन्छन्।

. ग्याजेटबाट निस्किने ‘ब्लु लाइट’ले आँखामा गम्भीर असर पु¥याइरहेको हुन्छ । त्यस्तो प्रकाश पनि अनिद्राको एक कारण हो । त्यसैले, अनिद्राको समस्या देखियो भने ग्याजेटलाई टाढै राख्नु उपयुक्त हुन्छ।

. तनाव कम गर्ने वा निदाउने बहानामा अलकोहल प्रयोग गर्नु हुँदैन । त्यसले स्वास्थ्यमा थप जटिलता ल्याउँछ । किनकि, अलकोहलले रोग प्रतिरोधी क्षमता घटाउँछ । त्यसैले, पर्याप्त निद्राका लागि स्वस्थ दैनिकी मात्र विकल्प हो।

प्रकाशित : २०७७ असोज ६ गते २१:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI