No ads found for this position

नवलपुरका कृषक व्यवसायिक कागती खेती तर्फ आर्कषित

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ७ गते १४:१६
No ads found for this position
नवलपुरका कृषक व्यवसायिक कागती खेती तर्फ आर्कषित
No ads found for this position

गंगा विश्वकर्मा/चोरमारा
नवलपुरको मध्यविन्दु नगरपालिकाका कृषकहरु पछिल्लो समय व्यवसायिक कागती खेतीतर्फ आर्कषीत भएका छन् । छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएपछि किसान कागती खेतीतर्फ आकर्षित भएका हुन् ।

अहिले भने नगरपालीका को वडा न १५ का कृषकहरुले धान खेति छोडेर व्यवसायिक कागती खेती थालेका छन् । नगरपालिकाको वडा न १५ भिउरानकी सिता भट्टराइले करिब १२ कठ्ठा क्षेत्रमा सुन कागती प्रजतिको कागती खेती सुरु गर्नुभएको छ ।

यसैवर्षबाट कागती खेती गर्न सुरु गर्नुभएकी भट्टराइले सो जमिनमा यसअघि धान खेती गर्दै आउनु भएको थियो । धान खेती गर्दा लाग्ने समय र मेहनत भन्दा कागती खेतीमा कम समय र मेहनतमा नै राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । व्यवसायिक कागती खेती शुरु गर्दा एक लाख पचास हजार रुपैया लागनी गरेको उहाँले बताउनु भयो । जसबाट एक पटक लगानी गरेपछि पाँच वर्ष सम्म निरन्तर आम्दानी हुन्छ । समय समयमा गोडमेल र मल हालेपछि कागती खेती खासै ठुलो खर्च गर्नु नपर्ने उहाँले बताउनुभयो । कम लगानीमा राम्रो आम्दानी हुने भएकाले यसै खेतीलाई निरन्तता दिने र थप जमिनमा समेत यसको बिस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

सोही स्थानका प्रकाश रेग्मीले पनि सुन कागतीबाट नै राम्रो आम्दानी गर्र्ने आशा राख्नुभएको छ । ७ कठ्ठा जमिनमा करिब १ सय २० वटा बिरुवा सुन कागती लगाउनुभएको उहाँले बताउनुभयो ।

सोही स्थानकी दुर्गा पाण्डेले यसअघि केरा खेती गर्दै आएकोमा अहिले कागती खेती थाल्नु भएको छ । केराबारीमा नै स्थानीय प्रजातिको कागतीको बिरुवा रोपण गर्नु भएको उहाँको अहिले आठ कठ्ठा जमिनमा कागती खेती गरिरहेको उहाँले बताउनु भयो । अहिले बिस्तारै केरा हटाउदै गएको र कागती खेतीलाई नै निरन्तरता दिने मनस्थितिमा पुगेको उहाँले बताउनुभयो ।

विगतको वर्षहरुमा नारायणगढ, बुटवल लैजाने गरेको भएपनि यो वर्ष लकडाउनको कारण स्थानीय बजारमा नै बिक्रि गरेको उहाँले बताउनुभयो । गत वर्ष एक लाख रुपैया आम्दानी गरेको उहाँले यो वर्ष लकडाउनको समयमा बिक्रि गर्न नपाउदा पचाँस हजार रुपैयाको मात्रै बिक्रि गरेको उहाँले बताउनुभयो ।

उक्त क्षेत्रको ५ बिगहामा कृषकहरुले सुन कागति खेती गरेको सुर्य किरण कृषी सहकारी संस्था मध्यविन्दु १५ का अध्यक्ष हरिसचन्द्र ढकालले बताउनुभयो । बजारमा यस प्रजातिको कागतीको माग धेरै भएकाले पनि बजार व्यवस्थापनमा कुनै चुनैती नभएको उहाँले बताउनुभयो । यहाँ उत्पादन भएको कागती काठमाण्डौ, चितवन, बुटवल लगाएको स्थानमा बिक्रि गरिने उहाँले बताउनुभयो ।

प्रकाशित : २०७७ असोज ७ गते १४:१६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI