राप्रपा देवचुलीले गर्यो मृगौलाका बिरामी वेदबहादुरलाई आर्थिक सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ७ गते १४:३०
राप्रपा देवचुलीले गर्यो मृगौलाका बिरामी वेदबहादुरलाई आर्थिक सहयोग

माधव सुवेदी/देवचुली
देवचुली नगरपालिका वडा नं १६ रजहरका मिगौलाका बिरामी ३४ बर्षीय वेद बहादुर महतोको औषधी उपचारमा समस्या देखिएको छ ।

महतोले हप्ताको दुई पटक डायलासिस गर्नुपर्ने भनिए पनि पैसा नहुँदा कठिनाइ भएको उनले बताए । ‘चितवन मेडिकल कलेज (CMC) मा डायलासिस गरिरहेको छु,’ उनले भने ,‘ ४ बर्ष देखि दुवै मिर्गौला फेल भएका उनी सरकारबाट निशुल्क डायलासि गर्दै आएका छन् । तर, आउजाउ गाडीभाडा र औषधी किन्नुपर्छ । ” उनले बताए ।

यसै बिच मिर्गौला पिडित महतोलाई राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा )देवचुलीले औषधी उपचारका लागि सहयोग गरेको छ। राष्ट्रिय प्रजातान्त्र पार्टी राप्रपा देवचुली- १६ का अध्यक्ष शसी किरण सुवेदी र राष्ट्रिय प्रजातान्त्र युवा संगठन का सदस्य सन्तोष थापा सहितको टोलीले १० हजार ५ सय रुपैयाँ मिर्गौला पिडितलाई सहयोग गरेका छन ।

राष्ट्रिय प्रजातान्त्र पार्टी राप्रपाले औषधी उपचारका लागि आर्थिक सहयोग गरेकोमा महतोले धन्यवाद दिए । सहयोगी मनहरुलाई सहयोग गरिदिन उनले सबैसंग अनुरोध गरे ।

प्रकाशित : २०७७ असोज ७ गते १४:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI